विमानस्थलमा पिकअप-ड्रपमा नि:शुल्क पार्किङ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) ले यात्रुहरूलाई विमानस्थलमा ल्याउन र लैजान प्रयोग हुने सवारी साधनका लागि पार्किङ शुल्क हटाउने निर्णय गरेको छ।

विमानस्थल प्रशासनले नयाँ पार्किङ ठेक्का सम्झौतामा यो कुरा समावेश गरेको छ, जसअनुसार अब उप्रान्त यात्रुलाई छोड्न वा लिन आउने कुनै पनि सवारी साधनले पहिलो १० मिनेटसम्म पार्किङ गर्दा शुल्क तिर्नुपर्ने छैन।

यसअघि, विमानस्थलमा मोटरसाइकलको प्रतिघण्टा ४० रुपैयाँ र चारपाङ्ग्रे सवारी साधनको ८० रुपैयाँ पार्किङ शुल्क लाग्दै आएको थियो।

यस शुल्कका कारण यात्रुहरूले धेरै असुविधा भोगेको गुनासो गरेका थिए। यात्रुहरूको गुनासोलाई ध्यानमा राखेर विमानस्थल प्रशासनले यो निर्णय गरेको हो।

यो नयाँ नियम लागू भएपछि यात्रुहरूलाई विमानस्थलमा छोटो समयको लागि छोड्न वा लिन आउने व्यक्तिहरूलाई धेरै राहत मिल्नेछ।

यसले विमानस्थलको व्यवस्थापनमा पनि थप सहजता ल्याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *