पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द

भारत र पाकिस्तानबिचको सैन्य तनाव चुलिँदै जाँदा दुवै देशले आफ्नो हवाई क्षेत्र तथा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेका छन्।

स्थानीय समय अनुसार राति करिब ३:१५ बजे पाकिस्तानका तीन वटा हवाई बेसमा भारतीय वायुसेनाले हमला गरेको दाबी पाकिस्तानी पक्षले गरेको केही समयपछि पाकिस्तानको विमानस्थल प्राधिकरणले आफ्नो हवाई क्षेत्र बिहान १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

यसैबिच केही क्षणअघि भारतको विमानस्थल प्राधिकरणले पनि उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थलहरू १५ मे बिहानसम्मका लागि बन्द गरिने घोषणा गरेको छ।

दुवै देशका एयर स्पेस बन्द हुँदा हवाई यातायातमा व्यापक असर पर्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *