AGEIS सर्ट ब्लेड ब्याट्रीः लामो दायरा र छिटो चार्जिङ

प्रोटोनको इमास ७मा प्रयोग भएको AGEIS सर्ट ब्लेड ब्याट्री एक उन्नत लिथियम–आयन प्रणाली हो, जसले सवारी साधनको प्रदर्शन र दक्षतामा सुधार ल्याउँछ।

यसमा उच्च उर्जा घनत्व, छिटो चार्जिङ (१०० किलोवाट डीसी पावरले ३०%–८०% मात्र २० मिनेटमा), र उत्कृष्ट तापीय व्यवस्थापन छ।

“ब्लेड“ डिजाइनले ठाउँ उपयोगलाई अधिकतम पार्छ, जसले वायुगतिकी र ह्यान्डलिङ सुधार गर्दछ।

नेपालमा आधिकारिक वितरण
प्रोटोनको इमास ७ आधिकारिक वितरक, जगदम्बा मोटर्सले इ मास ७७ लाई काठमाडौँमा सार्वजनिक गर्नेछ। कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, “हामी एचयतयलको अत्याधुनिक ( E=Mas-7) सवारी साधन नेपालमा ल्याउन पाउँदा निकै उत्साहित छौँ।

नयाँ AGEIS सर्ट ब्लेड ब्याट्री प्रविधिले सवारी साधनको प्रदर्शनलाई क्रान्तिकारी रूपमा सुधार गर्नेछ।

यो सवारी साधन वातावरणमैत्री मात्र नभई कार्यसम्पादन–केन्द्रित छ, जसले नेपाली उपभोक्ताको मन जित्ने विश्वास हामीलाई छ।”

दक्षिण एसियाली बजारमा प्रोटोनको विस्तार
दक्षिण एसियाली बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्ने एचयतयलको रणनीतिक योजनाको एउटा हिस्सा हो यो।

वातावरणीय दिगोपन र उपभोक्ता सन्तुष्टिमा ध्यान केन्द्रित गर्दै एचयतयलले नेपाली बजारमा उत्कृष्ट गुणस्तरीय सवारी साधन उपलब्ध गराउने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *