प्रोटोनको नयाँ ब्याट्री प्रविधिसहित चाँडै नेपालमा

मलेसियाको प्रसिद्ध अटोमोबाइल ब्रान्ड प्रोटोन(Proton) ले आफ्नो प्रतीक्षित इमास७( E=Mas) सवारी साधन नेपालमा यसै त्रैमासिकमा भित्र्याउने घोषणा गरेको छ।

प्रोटोनको इमास ७ सवारी साधनले पहिलो पटक १२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली र अत्याधुनिक (AGEIS )सर्ट ब्लेड ब्याट्री प्रविधि प्रयोग गरेको छ, जसले नेपाली अटोमोबाइल बजारमा नयाँ युग सुरु गर्ने वाचा गरेको छ।

प्रोटोनले यो अत्याधुनिक ब्याट्री प्रणाली प्रयोग गरी आफ्नो सवारी साधनलाई छिटो एक्सेलेरेशन, लामो दायरा, र उर्जाको उच्च दक्षता प्रदान गर्ने सुनिश्चित गरेको छ।

१२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणालीः उच्च कार्यसम्पादन र दक्षता
प्रोटोनको इमास ७ मा प्रयोग भएको १२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणालीले इन्जिन, इनभर्टर, ट्रान्समिसन, डिफरेन्सियल, र पुनर्जनरेटिभ ब्रेकिङ जस्ता धेरै ड्राइभट्रेन कम्पोनेन्टहरूलाई एउटै युनिटमा एकीकृत गर्छ।

यसले सवारी साधनको तौल र ठाउँको आवश्यकतालाई घटाउँदै दक्षता, ह्यान्डलिङ, र दायरामा सुधार ल्याउँछ।

साथै, कम पाट्र्स भएका कारण यो प्रणालीले विश्वसनीयता वृद्धि, उत्पादन तथा मर्मत खर्चमा कमी, र उर्जाको उच्चतम उपयोग सुनिश्चित गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *