दमस्कस विमानस्थलमा उत्रियो व्यवसायीक विमान

सिरियाका पूर्वराष्ट्रपति बसर अल असदको २४ वर्ष लामो शासन पतन भएको झण्डै एक महिना बितेको छ ।

यसबिच राजधानी दमस्कसमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान उत्रिएको छ ।

मंगलबार दमास्कस विमानस्थलमा कतारबाट एउटा व्यावसायिक उडान अवतरण भयो ।

जोर्डनको सरकारी समाचार एजेन्सी पेट्राका अनुसार रोयल जोर्डन एयरलाइन्सको विमान परीक्षणका लागि दमास्कस प्रस्थान गरेको थियो ।

यो उडानको उद्देश्य नियमित उडान सुरु गर्नुअघि दमास्कस विमानस्थलको प्राविधिक अवस्थाको मूल्याङ्कन गर्ने भएको नागरिक उड्डयन नियामक आयोगका प्रमुख क्याप्टेन हाइथम मिस्टोले बताए ।

एक महिना अघि असद सत्ताबाट च्यूत भएपछि पूर्व सरकारसँगको सम्बन्ध तोडेका अरब र पश्चिमी देशहरूले सिरियाको नयाँ डी फ्याक्टो अधिकारीहरूसँग कूटनीतिक सम्बन्ध सुचारु गरेका छन् ।

तहरीर अल–शाम (एचटीएस)को नेतृत्वमा उक्त विद्रोह भएको थियो ।

यसैबिच आइतबार  सिरियाका नवनियुक्त विदेशमन्त्रीले दोहामा आफ्ना कतारी समकक्षी र कतारका प्रधानमन्त्रीसँग भेट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *