तोकिएको समयमा सडक कालोपत्रे नभएपछि

चौथोपटक म्याद थप गर्दा पनि तोकिएको समयमा सडक कालोपत्रे नभएपछि स्थानीय आन्दोलित भएका छन ।

जिल्लाको कुस्मिसेरा-राङखानी-नान्दुक-बरेङ-गुल्मी-शान्तिपुर सडक खण्डअन्तर्गत जैमिनी नगरपालिका–१ कुस्मिसेरादेखि वडा नं. १० राङखानी नाम्दुकसम्मको १० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रेको काम समयमा सम्पन्न नहुँदा स्थानीय आन्दोलित भएका हुन।

सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनी शर्मा क्याराभान जे.भी कम्पनीको लापर्बाहीको कारण सडक अलपत्र अवस्थामा परेको भनी स्थानियले पूर्वाधार विकास कार्यालय बागलुङ घेराउ गरेका छन्।

 काम सुरु भएको पाँच वर्षसम्म पनि सडकको दुरावस्था सुधार नभएपछि स्थानीय नेपाली कांग्रेसका नेता भीम श्रीसको नेतृत्वमा संघर्ष समिति नै गठन गरी बागलुङको दक्षिणका सर्वसाधारण आन्दोलित भएका हुन्।

बारम्बार निर्माण व्यवसायी चन्द्र थकालीलाई स्थानीयदेखि पूर्वाधार विकास कार्यालय, गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयले समेत ताकेता गरे पनि सडक निर्माणको काम आगाडि बढ्न सकेको छैन ।

आगामी चैत्र मसान्तसम्म म्याद रहे तापनि सो अवधिमा काम सम्पन्न हुन कठिनाइ भएका कारण समयमा नै काम सम्पन्न गर्न दबाबस्वरूप दक्षिण बागलुङका नागरिक आन्दोलिन हुन परेको संघर्ष समितिका संयोजक श्रीस बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *