विस्फोट गराइएको थियो मस्कको साइबरट्रक

नयाँ वर्षको दिनमा अमेरिकाको लस भेगासस्थित नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको होटल बाहिर खर्बपति व्यापारी एलन मस्कको टेस्ला कम्पनीको साइबर ट्रकमा विस्फोट गराइयो ।

सो घटनामा चकित पार्ने खुलासा भएको छ ।

जाँच अधिकारीहरूले बताएअनुसार अमेरिकी सेना संलग्न यस घटनामा ट्रकलाई विस्फोट गराउन च्याटजीपीटीसमेतका जेनरेटिभ एआईको प्रयोग गरिएको दाबी लस भेगास प्रहरीले गरेको हो ।

विस्फोटमा ३७ वर्षीय म्याथ्यु लिभेल्सबर्गरको मृत्यु भएको थियो भने अन्य सात जना घाइते भएका थिए ।

लिभेल्स्बर्गर सेनाको विशेष बल ‘ग्रिन बेरेट्स’का मास्टर सर्जेन्ट थिए ।

जर्मनीमा खटाइएका लिभेल्स्बर्गर घटनाको समयमा छुट्टीमा अमेरिका आएका थिए ।

लिभेल्स्बर्गरको कसैको हत्या गर्ने नियत नभएको पनि अनुसन्धान अधिकारीहरूले बताएका छन् ।

साइबर ट्रक विस्फोट गराउने एआईएको प्रयोगलाई लस भेगास महानगरीय प्रहरी विभागका शेरिफ केभिन म्याकमहिलले ‘गेम चेञ्जर’ भनेका छन् ।

यस छानबिनका जानकारी अन्य केन्द्रीय अनुसन्धान एजेन्सीहरूसँग शेयर गरिरहेको पनि म्याकमहिलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *