वाडाको अध्यक्षमा दीपेन्द्र कोइराला निर्वाचित

http://वाडाको अध्यक्षमा दीपेन्द्र कोइराला निर्वाचित : पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको अध्यक्षमा दीपेन्द्र कोइराला निर्वाचित भएका छन् ।

पोखरामा सम्पन्न १९औं साधारणसभा तथा दसौं अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा शिव श्रेष्ठ, उपाध्यक्षमा निरन केसी, महासचिवमा विनय थापा, कोषाध्यक्षमा अशोक चालिसे र सचिवमा दीपेन्द्र भण्डारी निर्वाचित भएका छन्।

त्यस्तै कार्यसमिति सदस्यमा छबिलाल सुवेदी, सन्ध्या पौडेल, नूरज बाटाजू, सौरभ थापा, अशोक चौधरी, शिव ॐ बराल, अम्बिका मोहन भट्टराई, बालकृष्ण कोइराला र प्रतीक सुवेदी निर्वाचित भएको निर्वाचन संयोजक तथा वाडाका पूर्व अध्यक्ष मोहनबाबु खड्काले जानकारी दिए ।

निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ पदेन सदस्य रहनेछन् ।

नवनिर्वाचित अध्यक्ष कोइरालाले देबेन्द्र नकर्मी, नरेश सुवेदी र छबिलाल गौतमलाई कार्यसमिति सदस्यमा मनोनीत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *