विराटनगरमा मोटरसाइकल दुर्घटना

विराटनगरमा शुक्रबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने त्यसमा सवार दुईजना घाइते भएका छन् ।

भारतीय नम्बर प्लेटको ट्रक र मोटरसाइकल विराटनगर–१४, आईसीपी रोडमा दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन् ।

कोइला लोड गरिएको भारतीय ट्रक (जेएच १५ जे ७१०३) र प्रदेश नम्बर १–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो । मोटरसाइकल चालक विराटनगर–१५ का १६ वर्षीय सुरज ठाकुरलाई उपचारका लागि कोशी अस्पतालमा लगिएकोमा मृत्यु भएको थियो ।

घाइतेमध्ये १६ वर्षीय आदित्य साह र १८ वर्षीय विकासकुमार यादवको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि कोइला बोकेको ट्रक सडक किनारमा पल्टिएको थियो । ट्रक चालक फरार भएकाले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *