नक्खु अझै उजाड

नक्खु अझै उजाड: ११–१२ असोजको बाढीले तहसनहस बनाएको ललितपुरको नक्खु क्षेत्रमा तीन महिनापछि पुग्दा पनि उराठ देखिन्छ ।

नक्खु खोला करिडोर र आसपासको क्षेत्र बगरमा परिणत भएको छ ।

बाढीले भत्काएका घरटहराका भग्नावशेष बगरमै छन् ।

करिब चार किलोमिटर क्षेत्रमा बाढीले क्षति पुर्‍याएकोमा अहिलेसम्म पनि सरसफाइ गर्ने, फोहोरमैला उठाउने, करिडोर सडक सञ्चालनमा ल्याउने काम भएको छैन ।

यस क्षेत्रका अधिकांश घरमा बाढी पसेको थियो । स्थानीयले आफ्नो घर र वरपर सफा गरे पनि नदी क्षेत्र अस्तव्यस्त नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *