जिप दुर्घटना

जिप दुर्घटना: बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा बिहीबार राति धमेना नजिकै जिप दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिए ।

दुर्घटनामा घाइते एक बालिकालाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउँदै गरेको प्रजिअ भट्टराईले बताए ।जिपमा कति जना सवार थिए भन्ने एकीन जानकारी नआएको उनले बताए ।

प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्ना नेतृत्वको टोली घट्नास्थलतर्फ गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *