जिप १५५ किलो गाँजासहित नियन्त्रण

जिप १५५ किलो गाँजासहित नियन्त्रण : चेकजाँचका लागि रोक्न खोज्दा प्रहरीको जिपलाई ठक्कर दिएर भागेको जिपबाट प्रहरीले १५५ किलो गाँजा बरामद गरेको छ।

स्कार्पियो जिपमा रहेको गाँजासहित मोरङ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

मंगलबार राति चेकजाँचका लागि रोक्न खोज्दा प्रहरीको गाडीलाई ठक्कर दिएर भागेको को१च ९५८२ नम्बरको जिपमा १५५ किलो गाँजा भेटेको प्रहरीको भनाइ छ ।

गाडीलाई पिछा गरेर मंगलबार राति नै नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–१२ का चालक २४ वर्षीय राहुल विश्वकर्मा, धनकुटा सहिदभूमि गाउँपालिका–६ का १९ वर्षीय सुरज राई रहेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार मंगलबार राति  विराटनगर– १८ झटिमाईमा चेकजाँचका लागि रोक्न खोज्दा धरानबाट गाँजा बोकेर आएको जिप इलाका प्रहरी बुधनगरको  भ्यानलाई ठक्कर दिएर भागेको थियो ।

तर, जिल्ला प्रहरी मोरङ र इलाका प्रहरी कार्यालय रानीसहितको टोलीले राति नै जहदा गाउँपालिका–१ धुनी टोलबाट नियन्त्रणमा लिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *