नेपालमा नयाँ चिनियाँ ब्रान्ड ‘एलएस अटो’

नयाँ चिनियाँ ब्रान्ड ‘एलएस अटो’ नेपालमा नयाँ चिनियाँ इलेक्ट्रिक कार ब्रान्ड ‘एलएस अटो’ भित्रिएको छ ।

नेपालका लागि आधिकारिक वितरकको रुपमा वेबर ग्रुप अन्तर्गतको नेक्सन भेन्चर्सले सो ब्रान्डको ईभी एलईभी ०१ भित्र्याएको हो ।

औपचारिक रुपमा लन्च हुन बाँकी भए पनि एक सामान्य कार्यक्रमका साथ यसको वारेमा केही जानकारी सार्वजनिक भएको छ ।

प्रिमियम इलेक्ट्रिक एसयूभी एलईभी ०१ को लम्बाई ४६४० एमएम, चौडाई १८७० एमएम र उचाई १६५५ एमएम रहेको छ, यसको ह्विलबेस २७६० एमएम छ ।

९९ किलोवाटको मोटर र ६७.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री भएको एलईभी ०१ ले सिंगल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज (एनईडीसी) दिने कम्पनीको दावी छ ।

डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

२१० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स तथा १९ इन्चको ह्विल रहेको एलईभी ०१ को एक्सटेरियरमा डायनामिक फ्रन्ट ग्रिल, डायमन्ड कट अलोय ह्विल, प्यानोरामिक सनरुफ र सस्पेन्डेड टेललाइट जस्ता फिचर छन् ।

स्पोर्ट, इकोनोमी र नर्मल गरी गाडीलाई तीन ड्राइभिङ मोडमा चलाउन सकिन्छ ।

यसको इन्टेरियरमा लक्जरियस क्याबिन, लेदर स्टेयरिङ ह्विल, हाई टेक ड्यासबोर्ड इन्टरफेस लगायतका फिचर छन् ।

प्योर ईभी अर्थात एलईभी एक्स प्ल्याटफर्ममा बनेको सो ईभीमा सुरक्षाका लागि ६ एयरब्याग, ईबीडी, एबीएस, बीए, ट्रयाक्सन कन्ट्रोल, ईएससी, पार्किङ सेन्सर, क्रुज कन्ट्रोल, अटो होल्ड, हिल स्टार्ट असिस्ट लगायतका फिचर छन् ।

स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरिएन्टमा उपलब्ध हुने एलईभी ०१ को मूल्य क्रमशः ५९ लाख ४५ हजार र ६८ लाख ४५ हजार रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *