यी हुन् धेरै मोटरसाइकल चोरी हुने ठाउँ

यी हुन् धेरै मोटरसाइकल चोरी हुने ठाउँ: ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाका बालाजु, बौद्ध, महाराजगन्ज, गौशाला र काँडाघारी क्षेत्रबाट सबैभन्दा बढी मोटरसाइकल हराउने गरेका छन् ।

हराएका मोटरसाइकलधनीले दिएको निवेदनका आधारमा यी ठाउँबाट बढी मोटरसाइकल हराउने गरेको खुलेको हो ।

कतिपय अवस्थामा चालकले पैसा तिरेर पार्किङ गरेको स्थानबाट पनि मोटरसाइकल हराउने गरेका छन् ।

धेरै मोटरसाइकल हराउन थालेपछि ट्राफिक प्रहरी कार्यालयले सिभिल ड्रेसमा प्रहरीसमेत खटाउन थालेको छ ।

Visit homepage: eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *