जाजरकोट दुर्घटना: सोमबार बिहान जाजरकोटको भेरी नगरपालिका र नलगाड नगरपालिकामा भएको छुट्टाछुट्टै दुर्घटनाका घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका नाैजनालाई सेनाको हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. सुनील पुनले जानकारी दिए।
स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि रिफर गरिएको उनले बताए।
स्वास्थ्य सेवा कार्यालयमा जाजरकोटमा आवश्यक चिकित्सकीय सुविधा नहुँदा सेनाको हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।
दुवै दुर्घटनामा गरी ३२ जना घाइते भएका छन्। जसमध्ये २३ जनाएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।
सोमवार बिहान भेरी नगरपालिका– १३, कुदु जिरोप्वाइन्टनजिकै बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटना भएको थियो।
यसैगरी, नलगाड नगरपालिका– ४ मा सात यात्रु सवार भे १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा तीनजना घाइते भएका थिए। नलगाड दुर्घटनाका दुई घाइतेसहित नाैजनालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको हाे।
Visit homepage : eautonepal.com