चांगान नेपालले बुटवलमा सार्वजनिक ग¥यो दिपल इभी

चांगान नेपालले बुटवलमा सार्वजनिक ग¥यो दिपल इभी: नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले निकै सफल आफ्ना दिपल इभीहरुलाई लुम्बिनी प्रदेशको बुटवलमा सार्वजनिक गरेको छ ।

आइतबार बुटवलमा आयोजना गरिएको समारोहमा बुटवल उपमहानगरपालिका प्रमुख खेल राज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, एमएडब्लु वृद्धिका सिईओ जोजु जोस थाटिल लगायतले फ्युचरिस्टिक डिजाइन र कटिंगएज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ इभी सार्वजनिक गर्नु भएको हो ।

दिपल इभी सार्वजनिक गर्नु हुँदै बुटवल उपमहानगरपालिकाका प्रमुख खेल राज पाण्डेयले लुम्बिनी प्रदेशमा दिपल र चांगानको सफलताको कामना गर्नु भयो ।

उहाँले चांगान र अन्य ब्रान्डहरुले विक्री मात्र नभई विक्री पछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

बुटवलका लागि चांगानको डिलर जेनोस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्र कुमार श्रेष्ठले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताउनु भयो । ‘दिपलले काठमाडौंमा मात्र होइन लुम्बिनीमा पनि बजार तताइसकेको छ ।

हामीले ग्राहकहरुबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेका छौं ।,’ उहाँले भन्नु भयो ।

चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एक सय ६२ वर्ष लामो विरासत छ । ६ महिना अघि नेपालमा सार्वजनिक भएको दिपल इभी अहिले सम्ममा ६ सयभन्दा बढी विक्री भएका छन् । विशेषता यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो ।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेड अपडिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउटडोर स्पिकर लगायत १५ भन्दा बढी फस्टटाइम फिचरहरु छन् जसका कारण यो इभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको हो ।

एमएडब्लु वृद्धिले कात्तिक २७ गतेबाट बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ ।

बुटवलको क्लब डेनोभोमा आयोजना हुने कार्यक्रममा ग्राहकले दिपल प्रिबजेट प्राइसमा सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामीमा ७ किलोवाटको निशुल्क चार्जर पाउनुहुनेछ ।

ग्राहकले ३ वटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाउनुहुनेछ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *