बिपी राजमार्ग पुनर्निर्माणमा पनि जाइकाले सहयोग गर्ने भएको छ ।
जाइकाकै पूर्ण अनुदानमा बिपी राजमार्ग निर्माण भएको थियो।
जापानी सहयोग नियोग जाइकाको सहयोगमा निर्माण भएको तराई जोड्ने बिपी राजमार्गमा बाढी र पहिरोले ठूलो क्षति भएपछि पुनर्निर्माण पनि जाइकाले नै गरिदिने भएको हो।
सरकारले क्षतिलगत्तै जाइकालाई पुनर्निर्माणमा सघाउन आग्रह गरेको थियो। गत कात्तिक १२ र १३ गते जाइका टोलीले क्षति भएको सडकको अवलोकनसमेत गरिसकेको छ।
जाइकाको प्राविधिक टोलीले अवलोकनपश्चात भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समेत छलफल गरेर सहयोग गर्ने बचन दिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार बिपी राजमार्गअन्तर्गत चौकीडाँडा–कालढुंगा १८ किलोमिटरमध्ये करिब १२ किलोमिटर सडक पूर्णरूपमा बगेको छ।
राजमार्गमा ११ स्थानमा बाटो पूर्णरुपमा क्षति भएको छ।
जसको लागि करिब ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
अहिले सडकमा अस्थायीरुपमा यातायात सञ्चालनका ल्याइएको छ।
यसअघि भूकम्पपछिको पुनर्निर्माण पनि जापानले नै जिम्मा लिएको थियो।