नारायणगढ–मुग्लिन सडकमा सवारी ठोक्किँदा चारको मृत्यु: नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको सवारी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठाेक्किएका हुन्।
मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६-००१ज ०२९८ नं.को ईभि हाइस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नं. को बस एकआपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो ।
दुई सवारी एकापसमा ठोक्किँदा विद्युतीय माइक्रोबसमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
Visit homepage : eautonepal.com