दाङबाट भ्रमण आएको बस पोखरामा दुर्घटना

दाङबाट भ्रमण आएको बस पोखरामा दुर्घटना: दाङबाट भ्रमणको लागि पोखरा आएको बस दुर्घटना हुँदा बिहीबार पोखरामा दुईजना घाइते भएका छन्।

घाइते हुनेमा दाङको तुल्सीपुर उपमहानगरपालिका– ४ बस्ने १७ वर्षकी सन्ध्या रसाइली र सोही ठाउँ बस्ने १९ वर्षकी मनीषा रसाइली रहेकाे कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।

घाइतेहरूको अवस्था सामान्य रहेको ओलियाले बताए। पोखरा महानगरपालिका– २२, शान्तिस्तूपानजिकै पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गरेको रा १ ख २१०६ नम्बरको मिनीबस दृर्घटना भएको हो।

नवयुग डान्स क्लब दाङबाट भ्रमणको लागि आएको बसचालकले नियन्त्रण गुमाई सडकछेउमा रहेको तिदुँको रुखमा अड्किएको थियो।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिएको थियो।

बसमा सात महिला र १७ पुरुष गरी २४ जना रहेकामा दुईजना घाइते भएका ओलियाले जानकारी दिए।

घाइतेको पोखरास्थित एक अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा परेको बस क्रेनको सहायताले निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *