सुर्खेतमा वनभोज खाएर फर्कँदै गरेको गाडी दुर्घटना

सुर्खेतमा वनभोज खाएर फर्कँदै गरेको गाडी दुर्घटना: बुधबार बेलुका सुर्खेतमा वनभोज खान कटकुवा गएको कर्णाली प्रदेश ०२-०१ख ०१८८ नम्बरको फोर्स गाडी फर्कने क्रममा कपासेनजिकै रहेको नेपाली सेनाको गेटअगाडिको मोडबाट खानेपानी ट्यांकीतर्फ खसेर दुर्घटनामा परेको छ ।

दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।

चालकसहित दुईजना गम्भीर घाइते भएका छन् भने बाँकी २६ जना यात्रुको अवस्था सामान्य रहेको छ।

उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *