मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु: पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार गएराति सुस्ता गाउँपालिका– २ सतपत्तीस्थित भित्री सडकखण्डमा लु.१८ प ५८४९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बाटोको छेउमा पल्टिएको थियो।
दुर्घटनामा परी मोटरसाइकलचालक सुस्ता– २ महलबारी बस्ने वर्ष ४५ का दलबहादुर चौधरीको निधन भएको हो।
दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा क्रिमसन हस्पिटल मणिग्राममा गएराति मृत्यु भएको हो।
यसैगरी, पश्चिम नवलपरासीमा देउसी–भैली खेल्ने मानिस लिएर हिँडेको पिकअफ गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुस्ता गाउँपालिका– ३ बिगेपस्थित भित्री सडकखण्डमा गुडरियाबाट नरिसिंहतर्फ हिँडेको लु.३ च ६०३२ नम्बरको पिकअप गाडी बाटोमा हिँडिरहेको बाख्रालाई जोगाउने क्रममा अनियन्त्रित भई बाटोको छेउमा पल्टिएको हो।
दुर्घटनामा परी जिपमा सवार २५ जनामध्ये १० जना घाइते भएका छन्।
Visit homepage : eautonepal.com