बसले ठक्कर दिँदा दुईको मृत्यु

बसले ठक्कर दिँदा दुईको मृत्यु: अर्घाखाँचीमा देउसी-भैलो खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–५, जयठाँटीमा ना३ख २४७१ नम्बरको बसको ठक्करबाट ३३ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ। जसमध्ये गम्भीर घाइते १० जनालाई बुटवल रिफर गरिएको छ।

बसको ठक्करबाट अर्घखाँचीको भूमिकास्थानका २२ वर्षीया तारा श्रेष्ठ र ७० वर्षीया रुनी खनालको ज्यान गएको अर्घाखाँची प्रहरीका डिएसपी चक्रबहादुर मल्लले बताए।

देउसी-भैली समूह बोकेको बसले भैली खेलिरहेको अर्काे समूहलार्ई ठक्कर दिएको थियो। बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको बताइए पनि त्यसको जाँच गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

बसका चालक फरार रहेको र खोजी भइरहेको डिएसपी मल्लले बताए।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *