पोखरीमा कार खस्दा दुई जनाको मृत्यु

पोखरीमा कार खस्दा दुई जनाको मृत्यु : पोखरीमा कार खस्दा दुई जनाको मृत्यु भएको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाखोरस्थित पोखरीमा लु २ च ६७५८ नम्बरको कार खसेको हो ।

 कारभित्र रहेका महोत्तरी गौशालाका ३७ वर्षीय सुरेश महतो र महोत्तरी सोनामाका ३७ वर्षीय रामाकान्त ठाकुरको मृत्यु भएको  प्रहरीले जनाएको छ । महतो कार चालक हुन् ।

कारमा तीन जनf सवार रहेकोमा ३७ वर्षीय जनक यादव भने सकुशल निस्कन सफल भएका थिए । सशस्त्र प्रहरीको गोताखोर टोलीले पोखरीमा डुबेका दुई जनाको शव निकालेको हो ।

कार पनि निकाल्ने प्रयास भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *