खरिपाटीको घुमाउनेमा बस दुर्घटना

चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु लिएर जाँदै गरेको बस खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

तीव्र गतिमा गुडिरहेको  प्रदेश–३–०१–००६ ख ०३१२ नम्बरको बस अनियन्त्रित भइ सडकको खम्बामा ठोक्किएर दुर्घटना हुँदा १० जना घाइतेको भएको जिल्ला ट्राफिक प्रहरी परिसरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए।

उनका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।

घाइतेहरूको भक्तपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। बस खम्बामा ठोक्किएर दुर्घटना हुँदा विद्युत्को खम्बासमेत भाँचिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *