सल्यान ट्रक दुर्घटना: सल्यानमा मिनीट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु हुनेमा ट्रक चालक २४ वर्षीय मान बहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
चालक भण्डारीको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा सोमबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।
सोमबार नै १४ वर्षका गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १३ वर्षीया सिर्जना बस्नेतको मृत्यु भएको थियो।
दुई जनाको घटनास्थलमै र एकजनाको बाटोमा मृत्यु भएको थियो । यस्तै दुर्घटना परी अन्य आठ जना घाइते भएका थिए ।
घाइते हुनेमा खुमा १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत र ३५ वर्षीय देव बहादुर बस्नेतको नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको छ भने १७ वर्षीय जित सागर बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको खत्रीले बताए ।
अन्य सहचालक १८ वर्षीय रोनक भण्डारी,२२ वर्षीय हिक्मत पुन, २९ वर्षीय शंकर खड्का र १७ वर्षीय सञ्जिव बस्नेत उपचारपश्चात डिस्चार्ज भइसकेको उनले बताए।
सल्यानको कपुरकोट गाउँपालिका ६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको रा १२ ख २४०२ नम्बरबको मिनीट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटनामा परेको थियो।
बाटोमा रहेको रुखलाई बचाउन लाग्दा गाडी सडकबाट एक सय सय ५० मिटर तल खसेको थियो ।
Visit homepage : eautonepal.com