पहिलो किस्ता बुझाएपछि दुई उद्योगमा लाइन जोडियो

पहिलो किस्ता बुझाएपछि दुई उद्योगमा लाइन जोडियो: बक्यौता रकमको पहिलो किस्ता बुझाएपछि बुटवल वितरण केन्द्रअन्तर्गतका दुई उद्योगको विद्युत् लाइन जोडिएको छ।

बुटवल वितरण केन्द्रअन्तर्गत रहेका जिबी टेक्टाइल र जिबी टेक्साइलले पहिलो किस्ताबापत क्रमशः ३५ लाख ३७ हजार रुपैयाँ र १४ लाख १२ हजार रुपैयाँ शुक्रबार बुझाएपछि विद्युत् लाइन जोडिएको हो।

चरम लोडसेडिङका वेला २४सै घण्टा विद्युत् उपभोग गरेर वर्षौँसम्म अर्बौँ बक्यौता नबुझाएका उद्योगहरूले थप पाएको तीनमहिने अवधिमा पनि तिर्न अटेरी गरेपछि विद्युत् प्राधिकरणले बिहीबार ४३ उद्योगको लाइन काटिदिएको थियो।

प्रधानमन्त्री र ऊर्जामन्त्रीको दबाबका बाबजुद नेपाल विद्युत् प्राधिकरणले लाइन काटेपछि शुक्रबार दुई उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *