झापा दुर्घटना

झापा दुर्घटना: पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–३ स्थित केर्खामा भएको दुर्घटनामा हजुरबुवा र नातिनीको मृत्यु पश्चात् उत्पन्न विवाद १२ घण्टापछि साम्य भएको छ ।

पीडित पक्षसँग भएको चार बुँदे सहमतीपश्चात् अवरुद्ध बनेको राजमार्ग करिब १२ घण्टापछि सञ्चालनमा आएको हो।

तनावपूर्ण स्थिति साम्य पार्न गए राति ९ बजेदेखि आज बिहान साढे २ बजेसम्म कमल ३ का वडाध्यक्ष अग्नि कोइरालाको घरमा भएको सर्वपक्षीय बैठकमा चार बुँदे लिखित सहमती भएको जनाइएको छ ।

सहमति अनुसार पीडित पक्षलाई अधिकतम क्षतिपूर्ति दिलाउन प्रयत्न गर्ने, जनप्रतिनिधि तथा प्रशासनको संयुक्त पहलमा दोषी चालकमाथि कारबाही लागि माग गर्ने, त्रिपक्षीय सहमतीलाई कार्यान्वयन गर्ने र कानुनी प्रक्रिया पूरा गर्नका लागि भइरहेको अवरोध हटाइ अगाडि बढ्ने सहमती गरिएको छ ।

सो बैठक कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको रोहवरमा वडाध्यक्ष कोइराला, पीडित पक्ष, नागरिक समाज र प्रहरी प्रशासनलगायत करिब २० जनाको उपस्थितिमा भएको थियो ।

उक्त सहमतीपश्चात् आज बिहान ३:५० बजेदेखि प्रहरीले आवश्यक कानुनी प्रक्रिया र मुचुल्काको कार्य पूरा गरी शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको छ ।

हिजो साँझ काँकडभिट्टाबाट काठमाडौँ हिँडेको प्र १–०१–००१ ख ४३३१ नम्बरको रात्रि बसले केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा स्थानीय मनोज लिम्बूकी अन्दाजी ९ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवा ६० वर्षीय टेकबहादुर लिम्बू मृत्यु भएपछि घटनास्थल तनावग्रस्त बनेको थियो ।

मृतक बालिकाको जन्मदिन परेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे केक लिन गएका थिए ।

बर्थडे केक र मासु लिएर फर्कँदै गर्दा रात्री बसले उनीहरूलाई ठक्कर दिएको थियो ।

बस र बस चालक शिवसताक्षी नगरपालिका–१ का ३२ वर्षीय विशाल ठटाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *