बिपी राजमार्गमा यातायात सञ्चालनमा आउने

बिपी राजमार्गमा यातायात सञ्चालनमा आउने: गत असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाले पुल बगाएपछि अवरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालन भएको छ ।

नेपाली सेनाले खुर्काेटस्थित सुनकोशीमा बेलिब्रिज जडान सम्पन्न गरेपछि मंगलबारबाट नियमित यातयात सञ्चालन भएको हो।

सिन्धुलीको गोलन्जोर गाउँपालिका– ७ र रामेछापको मन्थली नगरपालिका– ६ स्थित खुर्काेटमा बेलिब्रिज जोड्ने काम सम्पन्न भएपछि यातयात सञ्चालन भएको हो ।

बाढीले  सुनकोशी नदीमाथि रहेको एक सय मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फको ५१ मिटर पुल बगाएपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

असोज २० गतेबाट प्राविधिकसहित खटिएको नेपाली सेनाको टोलीले अहोरात्र काम गरी कात्तिक  ०५ गते अर्थात् सोमबार बेलिब्रिज जडानको काम सम्पन्न गरेको थियो ।

बेलिब्रिज जडान गरिसकेपछि सेनाले पुलको भार बहन क्षमतासमेत परीक्षण गरेको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *