भिस्टाराको जहाजको चेकजाँच गरिँदै

भिस्टाराको जहाजको चेकजाँच गरिँदै: नयाँदिल्लीबाट आएको भिस्टारा एयरवेजको जहाजमा ‘बम’ राखेको सूचना आएपछि सेनाले चेकजाँच गरिरहेको छ।

नेपाली सेनाले ह्यान्डब्याग चेक गरेर यात्रुलाई झारिसकेको र अहिले कार्गो तथा लगेज चेकजाँच भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

साढे दुई बजे दिल्लीबाट १५७ यात्रु बोकेर आएको विस्ताराको १५५ फ्लाइट नम्बरको जहाज साढे चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

सो जहाजमा बम राखेको भन्दै भिस्ताराका सेकुरिटी स्टाफको मोबाइलमा म्यासेज आएको थियो ।

कर्मचारीको मोबाइलमा म्यासेज देखेपछि विमानस्थलको सेकुरिटीसहित सबै टिम अलर्टमा थियो।

‘यात्रु र उनीहरूको ब्यागेजमा कुनै शंकास्पद वस्तु भेटिएको छैन,’ भुलले भने, ‘अहिले कार्गो र ब्यागेज चेकजाँच भइरहेको छ।’

यदि कुनै शंकास्पद वस्तु नभेटिएमा ‘फेक कल/म्यासेज’ भनेर फ्लाइट रिलिज गरिने सहप्रवक्ता भुलले बताए।

यदि कुनै शंकास्पद वस्तु भेटिएमा आर्मीले निष्क्रिय गर्नेछ। उनले थपे– ‘कुनै शंकास्पद वस्तु भेटिएर आर्मीले आफ्नो प्रक्रियाअनुसार निष्क्रिय गरेर थप इन्भेस्टिगेसन गरी ‘ओके’ गरेपछि रिलिज गरिने छ।’

अहिले सो जहाजलाई त्रिभुवन विमानस्थलमै राखिएको छ। अन्य उडान अवतरण भने नियमित रूपमा भइरहेको भुलले बताए।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *