विद्युतीय सवारीमा धुवाँ निस्किएको सम्बन्धमा कम्पनीको धारणा

विद्युतीय सवारीमा धुवाँ निस्किएको सम्बन्धमा कम्पनीको धारणा: कार्तिक ५, २०८१ बिहान SERES ब्राण्डको एउटा विद्युतीय सवारीसाधन (EV) मा प्राविधिक खराबीको कारण धुवाँ निस्किएको थियो।

गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्त समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको उक्त गाडिमा शर्ट सर्किट भएर धुवाँ डिस्चार्ज भएको थियो ।

उक्त गाडि विगतमा अनधिकृत सेवाकेन्द्रहरू मार्फत मर्मत – सम्भार गरिएको हुन सक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मर्मतका लागि कम्पनीको सर्भिस सेन्टरमा ल्याएका बखत शर्ट सर्किट हुँदा गाडीमा धुवाँ निस्किएको हो ।

यस दौरान सुरक्षा सतर्कताका निम्ति कम्पनीले सक्रियता पुर्वक स्थितिलाई नियन्त्रण लिएको छ ।

कम्पनीको प्रारम्भिक अनुसन्धान अनुसार गाडीको ब्याट्री र मोटर दुवैमा क्षति नभएका कारण कुनै समस्या देखिएको छैन भने यसमा थप अनुसन्धान भने भइरहेको छ ।

विद्युतीय सवारी साधनहरू धेरै खाले सुरक्षा सुविधाहरूले सुसज्जित हुन्छन्, निश्चिन्त सवारी अनुभवका लागि हामी ग्राहकहरूलाई आफ्नो सवारी साधनको मर्मत सम्भार तोकिएकै सेवा केन्द्र मार्फत गराउन हार्दिक आग्रह गर्दछौँ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *