चेक रिपब्लिकका राष्ट्रपति पिटर पावेलले सीएफमोटोको लोकप्रिय मोटरसाइकल ४५० एमटी किनेका छन् ।
पहिले देखि नै रेसिङ र एड्भेन्चरमा रमाउन रुचाउने राष्ट्रपति पावेलले हालै सो मोटरसाइकल प्रयोग गर्नका लागि शोरुममै पुगेर टेस्ट राइड समेत गरेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ ।
६२ वर्षिय राष्ट्रपति पिटर पावेल पहिले देखि नै मोटरसाइकल राइडिङका शौखिन हुन् । उनीसँग विश्वमै लोकप्रिय मानिने विभिन्न मोटरसाइकल समेत छन् ।
गत मे महिनामा उनी मोटरसाइकल दुर्घटनामा परेर अस्पताल भर्ना समेत भएका थिए ।
४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन यो मोटरसाइकलको मुटु रहेको छ, जसले ९५०० आरपीएममा ४४ एचपी पावर र ७६०० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ ।
शहरमा क्रुज गर्दा होस् या कुनै उबडखाबड भूभाग, ४५० एमटीले स्मुथ र पावरफुल राइड दिनेछ, र यो दुई विकल्प लो फेन्डर र हाई फेन्डरमा उपलब्ध छ ।
४५० एमटीमा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ । यसको तिक्ष्ण, एरोडायनामिक रेखाहरू, आक्रामक फ्रन्ट डिजाइन र मस्कुलर पर्सनालिटीले जहाँसुकै यसको उपस्थिति लाई स्ट्यान्ड आउट बनाउँछ ।
पूर्ण रूपमा एलईडी लाइटले सुसज्जित ४५० एमटीले रातको समयमा भिजिबिलिटी उत्कृष्ट बनाउने मात्र नभएर, डिजाइनलाई आधुनिक लुक पनि दिन्छ ।
यो बाइक सेग्मेन्टकै सबैभन्दा हल्का एड्भेन्चर टुरिङ बाइक हो जसको तौल जम्मा १७५ किलोग्राम रहेको छ । साथै, बाइक बोस एबीएस र टीसीएसले पनि सुसज्जित छ।
बाइकमा डुअल च्यानल एबीएस रहेको छ जसले हरेक अवस्थामा स्थिर ब्रेकिङ सुनिश्चित गर्छ, साथै यो स्विच अन र अफ पनि गर्न मिल्छ ।
शहरको ट्राफिक होस् वा अफरोडको गतिमा, एबीएसले राइडिङलाई अझ बढी आत्मविश्वास र नियन्त्रण सुनिश्चित गर्छ ।
अरू उत्कृष्ट सुविधाहरू मध्ये यसमा बोस ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशिल्ड र केवाईबी सस्पेन्सन रहेको छ ।
सीएफमोटो ४५० एमटी हालै नेपालमा समेत आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सो बाइक भित्र्याएको हो । यसको मूल्य १२ लाख ५० हजार रुपैयाँ छ ।