अहिले नेपाली बजारमा चीनमा निर्मित विभिन्न ब्राण्डका विद्युतीय माइक्रो भ्यानहरु धमाधम भित्रिने क्रम बढ्दो छ । यसैं क्रममा प्राय धेरै रुटहरुमा यस्ता गाडीहरु गुड्न थालेका छन् ।
राजधानीमा विद्युतीय माइक्रो भ्यानहरुको चार्जिङ स्टेशनमा समस्या नदेखिएता पनि राजधानी बाहिर भने विभिन्न कारणले गर्दा इभी सवारी चालक लगायत यात्रुहरु समेत दिक्क भएका छन् ।
चार्जिङ स्टेशनमा एकैं ठाउँमा धेरै माइक्रो भ्यानहरु थुप्रिने र पालो कुर्दा ३ घण्टा समेत कुरेको उनी बताउँछन् । जसका कारण गन्तव्यमा समयमा पुग्न सकिन्न ।
विभिन्न कम्पनीहरुले विद्युतीय माइक्रो भ्यानहरु मात्र बेच्ने र चार्जिङ स्टेशनहरु नराखेको कारण अहिले चार्जिङमा समस्या आएको माइक्रो चालक पदम राईले बताए ।