टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा एनटर्क ओनर्स ग्रुप(एनओजी) माइलेज टेस्ट सम्पन्न गरेको छ ।
शनिबार आयोजना भएको उक्त राइड टीभीएसको पोखरास्थित शोरूम स्क्वायर मोटर्सबाट सुरु भएर सेभेन लेक्स रिसोर्ट, लेखनाथ पुगेर समापन भएको थियो । माइलेज टेष्टमा करिव ५० जना राइडरले भाग लिएका थिए ।
स्क्वायर मोटर्सदेखि सेभेन लेक्स रिसोर्टसम्म माइलेज टेस्ट गर्दा ७७.२ किलोमिटर माइलेजसहित दीनानाथ अधिकारी विजेता बनेका थिए ।
यसैगरी, ७५.३८ किलोमिटर माइलेजसहित रोशनी लामिछाने दोस्रो र ७३.८४ किलोमिटर पाउँदै सुमन देवकोटाले तेस्रो स्थान हासिल गरे । सबै राइडरलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरु अपनाई नेपाल सरकारको अनुमती लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
टिभिएसको पोखरा शोरुम, स्क्वायर मोटर्सका सञ्चालक बिनोदमान श्रेष्ठले सहभागी सबैलाई स्वागत गरेका थिए ।
नेपालमा १ लाख एन टर्क बिक्री भएको उपलब्धि मनाउन तथा एन टर्कको माइलेज, पावर र पर्फर्मेन्स प्रति विश्वास बढाउन राइड अयोजना गरिएको टिभिएसकी प्रोडक्ट हेड करुना पुडासैनीले बताइन् ।
राइडमा हेड मार्सलले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।