पारामाउन्ट मोटर्सले बिक्री गरिरहेको एमजी ब्रान्डका विद्युतीय गाडीमा गत असार १८ गते मंगलवार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभलतर्फको भन्सार गेट नजिक गम्भीर घाइते भएकी प्रधानको स्वास्थमा सुधार आएको छ ।
बिरामीको स्वास्थ गम्भीर भएकोले परिवार बाहेक अन्य कसैंलाई भेटन नदिएको र चिकित्सकहरुको निगरानीमा नर्भिक अस्पतालको भिभीआईपी कक्षमा राखिएको पारिवारिक स्रोतले बताएको छ ।
बागमती प्रदेश ०१–०२७ च १५९० नम्बरको एमजी ब्रान्डको जेडएस भेरियन्टको कार ब्याक गर्ने क्रममा एकाएक रोक्नै नसक्ने गरी अगाडि बढेको थियो ।
एमजी विद्युतीय गाडी ब्याक गर्दा अगाडि बढेर अर्को गाडीमा ठोक्किएको थियो, ठूलो आवाजका साथ ठोक्किँदा समेत गाडीमा भएको एयरब्याग खुलेको थिएन ।
एयरब्याग नखुल्दा कारमा सवार पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानकी श्रीमती विद्या बनमाली प्रधान गम्भीर घाइते भएकी थिइन् ।
यसलाई प्राविधिकहरूले गम्भीर किसिमको समस्या भनेका छन् ।