टाटा मोटर्सको नेपालका लागि अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा “नयाँ वर्ष नयाँ कार २०८१” योजना ल्याएको छ ।
सो नयाँ वर्ष नयाँ कार योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन ईभी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।
यसका साथै जुनसुकै ब्रान्डका गाडीहरु एक्सचेन्जमा आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एसेसरिज र फास्ट चार्जर निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।
नयाँ वर्षको अवसरमा टाटा मोटर्सको नेपालभर रहेका अत्याधुनिक सोरुममा पाल्नुभइ नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।
यो योजना सीमित अवधिका लागि मात्र, टाटा मोटर्सको नेपालभर रहेका शोरुमहरुमा लागु हुने बताइएको छ ।