होण्डामा सर्भिसिङ, इन्जिन आयल र स्पेयर पार्ट्स नि:शूल्क

होण्डा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले नयाँ वर्ष अफर ल्याएको छ ।

उक्त अफर अन्तर्गत ग्राहकले तीनवटा प्याकेजबाट आफूलाई मनपर्ने स्किम छान्न पाउनेछन् ।

नयाँ वर्षमा होण्डा मोटरसाइकल र स्कुटर किन्दा ग्राहकले मात्र १ रुपैयाँको खर्चमा २ वर्षसम्म मर्मत सम्वन्धि सेवा पाउनेछन् ।

यसमा सर्भिसिङ, इन्जिन आयल र स्पेयर पार्ट्स निशूल्क उपलब्ध हुनेछ ।

यो स्किम लिन नचाहने ग्राहकले स्क्र्याच र ५ वर्षसम्मको आकर्षक एएमसी प्याकेज छनोट गर्न सक्नेछन् ।

स्क्र्याच कार्डमार्फत १ लाखसम्मको नगद उपहार पाउन सकिने कम्पनीले जनाएको छ ।

होण्डाले नेपालमा डिओ र ग्राजिया स्कुटरको साथ साइन, यूनिकर्न, सिबी हर्नेट र एनएक्स २०० लगायत मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ ।

अफर होण्डाको सबै सोरुममा उपलब्ध रहने जनाइएको छ ।

कम्पनीले नेपालमै एसेम्वल प्लान्ट स्थापना गरेर बाइकको उत्पादन समेत थालिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *