चीनको सरकारी तथा निकै नै लोकप्रिय ब्रान्ड

– महेश पाल, सञ्चालक – मेगा बिजनेस ग्रुप

 

नेपालमा पछिल्लो समय नयाँ इभी ब्राण्डहरु धमाधम बढिरहेका छन् ।

अहिले ग्राहकहरु पनि इभीतिर निकैं आकर्षित भइरहेको समयमा, विगत लामो समयदेखी अटोमोबाइल्स क्षेत्रमा सक्रिय मेगा बिजनेस ग्रुपले पहिले देखि नै विभिन्न ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।

मेगा बिजनेस ग्रुप, चीनको विश्व प्रसिद्ध सवारी साधन निर्माता कम्पनी चाइना हाई–टेक अफरोड भेइकल कम्पनी (सीएचटीसी मोटर्स) को नेपालका लागि आधिकारिक वितरकको रुपमा नियुक्त भएको छ ।

सीएचटीसी चीनको केन्द्रीय सरकारी कम्पनी हो र यो फर्चुन ५०० कम्पनीको रुपमा परिचित सिनोम्याक ग्रुपको सहायक कम्पनी हो ।

न्यु इनर्जी भेइकल र कोर कम्पोनेन्टको अनुसन्धान र विकास, उत्पादन तथा बिक्रीका लागि यो कम्पनीले कार्य गरिरहेको छ ।

मेगा बिजनेस ग्रुपले चीनको सरकारी तथा निकै नै लोकप्रिय एवम् विशाल कम्पनीसँग सम्झौता भएकोमा सञ्चालक महेश पालले खुसी व्यक्त गरेको छ ।

सम्झौता अनुसार मेगा बिजनेस ग्रुपले सीएचटीसी मोटर्सद्वारा उत्पादित ११ सिटर र १४ सिटर भ्यानका साथै अन्य कमर्सियल भेइकल समेतको आधिकारिक एवम् एकल आयातकर्ता बनेको र अप्रिलको अन्त्यतिर यी उत्पादनहरु नेपालमा उपलब्ध हुने सञ्चालक महेश पाल बताउँछन् ।

यी भ्यानहरु व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने, वातारणमैत्री एवम् प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जानकारी गराएको छ ।

६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी, ४१.८६ किलोवाट क्षमताको ब्याट्री, एक पटकको फुल चार्जमा २८५ किलोमिटर रेन्ज, लिथियम आयोन ब्याट्री प्याक, २०५ एमएम ग्राउन्ड क्लियरेन्स, सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषताहरु रहेका छन् ।

यी गाडीमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानहरुमा पाइदैन ।

त्यस्तै विशेषतः ११ सिट क्षमताको भ्यानमा बुट स्पेस समेत उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *