केही समय यता नेपालमा साहशिक खेलकुदको रुपमा रहेको मोटर स्पोर्टसका खेलहरु बढ्दै गएका छन् ।
केहीले रहरमा त केहीले विदेशीहरुको देखासिखी गर्दै नेपालमा सुरु भएको मोटर स्पोर्टसको यि गतिविधिहरुका बारेमा आयोजक र स्वयं खेलाडीहरु समेत जानकार हुन अति आवश्यक छ ।
विश्वव्यापी रुपमा खेलको पहिलो शर्त हो शुरक्षा ।
चाहे खेल मैदानमा होस वा सडक ‘सेफ्टी फस्ट’को अवधारणा महत्वपूर्ण छ ।
ड्राइभर र मार्सलको प्रतिस्पर्धी क्षमताको विकास गरी मोटर स्पोर्ट्समार्फत नेपाललाई विश्वव्यापी रुपमा चिनाउने अभियान अर्को महत्वपूर्ण विषय हो ।
सो खेलका अभियानकर्ता समेत रहेका गोविन्द भट्टराईको एक रिपोर्ट र कार्यक्रमको समाचार ।
सन् २००८ मा स्थापित नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सन २०११ डिसेम्बरबाट इन्टरनेसनल अटोमोबाइल्स फेडरेसन (एफआईए) को स्पोर्ट्सको लागि नेपालको तर्फबाट सदस्य भएको हो ।
मोटर स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा टुरिजम र रोड सेफ्टी गरी मूलतः तीन टायर रहेको सो महासंघको हाल काउन्सिल मेम्बर समेत नासा नेपाल रहेको छ ।
सन् २०१३ देखि स्पोर्ट्स डेभलपमेन्ट ग्रान्ट र मोबिलिटी ग्रान्ट गरी दुई किसिमका मुख्य र अन्य थुप्रै अनुदानमा आधारित एफआईएका कार्यक्रमबाट नासा नेपाल लाभान्वित छ, जसमा क्लस्टर ट्रेनिङ प्रोग्राम, गर्ल्स अन द ट्रयाक, हिमालयन मोटरल्यान्ड लगायतका कार्यक्रमहरु स्मरणीय छन् ।
नासा नेपालले यी एक दशकमा एफआईए तथा एफआईएमको सहयोगमा थुप्रै खेलाडी र प्राविधिक विकासमा महत्वपूर्ण कार्य गर्न सक्षम हुनु तिनै विश्वव्यापी र प्रतिष्ठित महासंघहरुको एउटा सक्रिय अंग बन्ने अवसर पाउनु नै हो ।
विश्वभरिनै मोटरस्पोर्टस्का खेलहरु लोकप्रिय बन्दै गरेको अवस्थामा नेपालमा पनि यस सम्बन्धी खेलहरुमा युवाहरुको आकर्षण बढ्दै गइरहेको छ ।
युवाहरु माझ यस प्रकारको लगाव र बढ्दो सहभागितालाई मध्यनजर गरी प्राविधिक र सैद्धान्तिक रुपमा पनि युवाहरुलाई अझ पोख्त बनाउने उद्देश्यले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले इन्टरनेसनल अटोमोबाइल फेडरेसन (एफआईए) को स्पोर्ट्स ग्रान्ट सहयोग तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को लजिष्टिक सहयोगमा तीन दिने मार्सल, ड्राइभर र काट्र्स तालिम प्रदान गरेको छ ।
मोटर स्पोर्टसमा के हो मार्सलिङ्ग ?
कुनै पनि मोटरस्पोर्टस्का इभेन्टहरुमा संलग्न खेलाडी, गाडी, मोटरसाइकलहरुलाई संगठित, अनुशासित, व्यवस्थित र सुरक्षित तरिकाले संचालन गर्ने प्रकियालाई नै साधारणतया मार्सलिङ्ग भनिन्छ जुन मोटर, मोटरसाइक्लिङ्ग तथा कार्टस स्पोर्टसमा अत्यधिक प्रयोग गरिन्छ । यस अनुसार सम्पूर्ण इभेन्ट अवधिभरी खेलका सबै प्रकारको नियम, मापदण्ड तथा सुरक्षा पालना गरी, गराई इभेन्टलाई सफल बनाउँने एक जिम्मेवार व्यक्ति नै मार्सल हो ।
किन मार्सल टेनिङ्ग ?
– मोटर स्पोर्ट्सलाई सुरक्षित, भव्य र सभ्य बनाउँन ।
– स्पोर्टस् इभेन्टहरु व्यवस्थित पार्न ।
– फरक इभेन्टका लागि फरक मार्सलिङ्ग सिकाउँन ।
– मार्सलको अपग्रेड गर्न तथा नयाँलाई इन्ट्री गर्न ।
– अन्तर्राष्ट्रिय ट्रेण्ड र टेक्निक सिकाउँन ।
– नीतिगत तहका खेल अधिकारीलाई जानकारी गराउँन ।
– मार्सल, ड्राइभर र अफिसियल विच सम्वन्ध कायम राख्न ।
– Rally cross र Auto cross इभेन्ट आयोजना गर्न ।
स्पोर्टसमा के हो ड्राइभर ?
मोटर स्पोर्ट्मा मार्सलसँगै आउने अर्को शब्द हो ड्राइभर । यसमा एउटाले प्राविधिक पक्षको सम्पूर्ण जिम्मेवारी लिन्छ भने अर्कोले खेलाडीको रुपमा भाग लिन्छ ।
सुन्दा अनौठो लाग्ने विश्वकै मोटर, मोटरसाइक्लिङ तथा कार्ट्स लगायतका स्पोर्ट्सका खेलाडीहरुले आफूलाई ड्राइभरको रुपमा परिचित गराउन पाउदा गर्वको अनुभव गर्छन् ।
सबै प्रकारका सवारी साधन चलाउँने मुख्य पात्रलाई डाइभर भनिन्छ भने कुनै पनि मोटरस्पोर्टस्मा सहभागी हुने व्यक्तिलाइ समेत ड्राइभर भनिन्छ ।
किन ड्राइभर्स तालिम ?
– नयाँ प्रविधि र नियम अनुसार आफुलाई अपग्रेड गर्नु ।
– नयाँ ड्राइभरहरुलाई अवसर प्रदान गर्न ।
– ड्राइभरहरुलाई नयाँ प्रविधि र नियमको अवगत गराउँन ।
– ड्राइभरहरुका सीप र क्षमतालाई बढाउँन सहयोग गर्न ।
– सडक सुरक्षामा ध्यानाकर्षण गराउँन ।
– मार्सल, ड्राइभर र अफिसियल विच सम्बन्ध प्रगाढ बनाउँन ।
– अन्तराष्ट्रिय ट्रेण्ड र टेक्निक सिकाउँन ।
– विषयगत ड्राइभरहरु उत्पादन गर्न र गराउँन ।
– मोटर स्पोर्टस्लाई भव्य, सभ्य र सुरक्षित बनाउँन ।
र्यालीक्रस र अटोक्रसको मार्सल तालिम
एसोसिएसनको आयोजनामा गत फागुन १८ गते अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रशिक्षकहरुद्वारा ७४ जना प्राविधिकलाई र्यालीक्रस र अटोक्रससम्बन्धी मार्शल तालिम दिइएको छ ।
एफआइए ग्रान्ट प्रोगाम तथा बागमती खेलकुद विकास परिषदको सहयोगमा भएको यस तालिमको उद्घाटन शत्रमा इन्टरनेसनल अटोमोबाइल फेडरेसन (एफआईए)का एशिया प्यासिफिक स्पोर्टस् कोअर्डिनेटर विजिथा विजेमाने, राखेपका सदस्य अञ्जन धमला, कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र सञ्जेल, नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल र सल्लाहकार ठाकुर प्रसाद न्यौपानेले शुभकामना दिएका थिए ।
नेपाल अटोमोबइल्स एसोसिएसनका कार्यकारी निर्देशक गोविन्द भट्टराईले संघ र एफआइएको नीति योजना तथा कार्यक्रम, श्रीलङ्कन प्रशिक्षक विजिथा विजेमानले र्यालीक्रस र अटोक्रसको प्राविधिक पक्ष र इभेन्ट व्यवस्थापन तथा कम्युनिकेसन बारेमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै एसोसिएसनका वरिष्ठ उपाध्यक्ष डा. बुलन्द थापाले रेसिङमा मेडिकल सेफ्टी र रेस्पोन्स, उपाध्यक्ष अनिल कुमार बरालले मार्सल झण्डा, सिग्नल र इथिक्स तथा मार्सल तथा ट्रेनिङ कमिसनका प्रमुख यदुराज लामिछानेले रेसिङमा मार्सलको रोल तथा दायित्वको बारेमा प्रस्तुत गरे ।
नेपाल भरिका मोटरस्पोर्टस्संग सम्बन्धित अफिसियल, इन्जिनियर, प्रविधिक तथा ड्राइभरहरु समेतको सक्रिय सहयागिता रहेको सो तालिमको संयोजन संघका सचिव सन्तोष प्रसाद न्यौपानेले गरेका थिए ।
अन्तर्राष्ट्रियस्तरको मार्सल तयार गर्ने समेत उद्देश्य रहेको सो तालिमद्वारा आगामी एक दशकमा नेपालमा संचालन गर्ने मोटरसर्पोस्का आवश्यक प्राविधिक जनशक्तिको तयारी गरिनेछ ।
त्यस्तै प्रशिक्षक तथा अफिसियलको निगरानीमा ललितपुरको मलपोखरीमा बनाइएको अस्थायी ट्रयाकमा रेसिङ सहितको मार्सलिङ प्रयाकटिकल सेशन पनि सम्पन्न भएको छ । यस तालिममा संघका विभिन्न प्रदेश संघका अध्यक्ष तथा अन्य पदाधिकारी समेतको उपस्थिति रहेको थियो ।
सोही टे«निङ्गका लागी आएका एफआईए एशिया प्यासिफिक स्पोर्टस् कोअर्डिनेटर विजिथा विजेमाने र राखेप सदस्यसचिव टंक लाल घिसिङविच मोटरस्र्पोटस्को विकासको लागी दुइपक्षिय छलफल भएको थियो ।
ड्राइभर तालिम
एसोसिएसनकै आयोजनामा गत फागुन १९ गते अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रशिक्षकहरुद्वारा ३६ जना ड्राइभरहरुलाई र्यालीक्रस र अटोक्रस सम्बन्धी तालिम दिइएको छ । एफआईए एशिया प्यासिफिक स्पोर्टस् कोअर्डिनेटर विजिथा विजेमाने सहितका विभिन्न प्रशिक्षकहरुले सहभागीलाई र्यालीक्रस र अटोक्रसमा ड्राइभरको भुमिका, दायित्व, ड्राइभिङ तरिका तथा ट्रयाकबारे थियोरिटिकलका साथै प्रयाकटिकल प्रशिक्षण गरेका थिए ।
श्रीलङ्कन प्रशिक्षक विजिथा विजेमानले र्यालीक्रस र अटोक्रसको परिचय, अन्तर्राष्ट्रिय चलन तथा नियमहरुका साथै नेपालमा अपनाउन मिल्ने तरिकाहरु र रेसमा प्रयोग हुने झण्डा र सिगनलबारेमा सहभागीलाई जानकारी दिए ।
नेपालका अन्तर्राष्ट्रिय ड्राइभर आशिष भारतीले आफ्नो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभव बाड्दै रेसमा उपयोग गर्न मिल्ने शिप र सुझाव पनि व्यक्त गरे ।
त्यस्तै एसोसिएसनका उपाध्यक्ष अनिल कुमार बरालले कुनै पनि रेसमा ड्राइभरमा हुनुपर्ने नैतिकता र अनुशासनको महत्वको र खेलाडीमा हुनै पर्ने स्पोर्टस्म्यानसिपको बारेमा प्रस्तुति राखे ।
कार्यक्रमका संयोजक तथा एसोसिएसनका सचिव सन्तोष प्रसाद न्यौपानेले ड्राइभिङ सेफ्टी गियर तथा इक्विपमेन्टको बारेमा प्रस्तुत गरे ।
यसै अवसरमा उपाध्यक्ष बरालले नेपालको मोटरस्पोर्टस् सम्बन्धी एकेडेमिक जर्नल बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल भण्डारी र खेलकुद विज्ञान प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद तिमिलसिनाबाट विमोचन गरियो ।
तालिमको अन्तिम शत्रमा एफआइए एशिया प्यासिफिक स्पोर्टस् कोअर्डिनेटर विजिथा विजेमाने, बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल भण्डारी, खेलकुद विज्ञान प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद तिमिलसिना, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसालले खेलाडीहरुलाई शुभकामना दिएका थिए ।
त्यस्तै प्रशिक्षक तथा अफिसियलको निगरानीमा ललितपुरको मलपोखरीमा बनाइएको अस्थायी ट्रयाकमा रेसिङ सहितको प्रयाकटिकल सेशन पनि सम्पन्न भएको छ ।
त्यस सेशनमा सिनियर खेलाडीले रेसमा ड्राइभिङ तरिका बताउदै डेमो रेस पनि गराइएको थियो ।
कार्टिङ सम्बन्धी प्रशिक्षक प्रशिक्षण
कार्यक्रको गत २० फागुन २०८० का दिन Train the Trainer on Karting सम्बन्धि तालिम सम्पन्न भएको थियो ।
विगत लामो समयदेखि मोटरस्पोटस्को कार्टिङ विधामा संलग्न २० जना मार्शलहरुलाई हिमालयन मोटरल्याण्ड धुलिखेलमा सो तालिम प्रदान गरिएको हो । मुख्य प्रशिक्षक विजिथा विजेमान (श्रीलङका) ले सैद्धान्तिक र प्रयोगात्मक सहितको सो तालिम प्रदान गरेका थिए ।
उक्त तालिममा मूलतः karting को इभेन्ट व्यवस्थापन, ट्रयाक डिजाइन, मार्शल व्यवस्थापन र फ्ल्याग बारे डेमो सहितको प्रशिक्षण दिएका थिए साथै प्रशिक्षक विजेथाले मार्शलहरुलाई यस खेलको चुनौती र युवाहरुमा यस खेलको लोकप्रियता बारे मार्शल तथा एसोसिएसन तथा क्लबहरुले ध्यान दिन कति आवश्यक छ भन्ने कुरा समेत अवगत गराएका थिए ।
उक्त तालिममा सबै सहभागीहरु स्वयंले ट्रयाक निर्माण कार्य समेत गरेका थिए । सबै वर्गका, सबै उमेर समुहका र साना बालबालिका समेतले खेल्न मिल्ने कार्टिङ मोटरस्पोर्ट्सअन्तर्गत पर्ने एक लोकप्रिय विधा मध्ये पर्छ । यस संघले विशेषगरी कलेजका ३ सय विद्यार्थीहरुलाई यस वर्ष Karting slalom खेलमा दक्ष खेलाडी तयार गर्ने उद्येश्य समेत रहेको जानकारी समेत सोही कार्यकममा गराइयो।
किन ट्रेन द ट्रेनर
कार्टस् सम्बन्धि प्रशिक्षक बन्न बनाउँन
कार्टस् ट्र्याक डिजाईन गर्न
कार्टिङ्ग स्लेलोमको इभेन्ट व्यवस्थापन गर्न
सुचना तथा मार्सल विचमा संचार सिप सिक्न
मार्सल परिचालन र जिम्मेवारी बोध गराउँन
सेफ्टी तथा ईमरजेन्सी रेसपोन्सको ज्ञान र सिप प्राप्त गर्न
संघका कार्यकारी निर्देशक गोविन्द भट्टराईले निकट भविष्यमै सातदोबाटो स्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा कलेजका विद्यार्थीहरुलाई लक्षित गरी कार्टस तालिम दिने कुरा बताए । संघका सचिव तथा मोटरसोर्टस् कमिसनका प्रमुख सन्तोष न्यौपानेले सो तालिमको संयोजन गर्दै आगामी दिनहरुमा यो खेललाई विशेष प्राथमिकता साथ तालिम र अन्य प्राविधिक पक्षहरुमा पहल गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमानै प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडीहरु उत्पादन गर्ने जनाए ।
धुलिखेलस्थित हिमालयन मोटरल्याण्डमा विगत ८ वर्षदेखि यस संघको आयोजनामा मोटर मोटरसाइकल तथा कार्टस रेसिङ हुँदै आइरहेको छ जसमा विभिन्न वर्ग, क्षेत्र र उमेरका खेलाडी समुहले सहभागिता जनाउदै आएका छन् र प्राय सबैको चासो रोमाञ्चाक साहसिक खेलभित्र पर्न सफल भएको छ ।
सन् २०२३ देखि फोर ह्विल फोकस गरी नासा नेपालले प्राविधिक जनशक्ति उत्पादनमा जोड दिदै सोही अनुसारको योजना अगाडि सारेको छ ।
जस अनुसार र्याली क्रस र अटो क्रसको मार्सल र ड्राइभर्स ट्रेनिङ २०२३ को प्रोजेक्ट एक हो । विदेशबाट प्रविधि र गियर एन्ड ग्याजेट मगाउनु पर्दा सो कार्य चार महिना ढिला हुन गएको हो, जसको फाइनल प्रतिस्पर्धा बैशाखमा ललितपुरमै हुने कार्यक्रम छ ।
त्यसैगरी यो वर्ष २०२४ को लागि गर्ने रेसिङ इक्विपमेन्ट सम्बन्धी परियोजना नेपालको लागि एफआईएले पास गरेको छ, जसले नेपाली मोटरस्पोर्ट्स अझ सुदृढ, सुरक्षित, व्यवस्थित तथा व्यावसायिक बनाउन मद्दत पुग्ने छ । ड्राइभर र मार्सलको प्रतिस्पर्धी क्षमताको विकास गरी मोटर स्पोर्ट्समार्फत नेपाललाई विश्वव्यापी रुपमा चिनाउने अभियान छदैछ ।
सन् २०१३ को अन्त्यतिर भएको सिनियर मार्सल सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम एफआईए र क्याम्सको सहयोगमा गरिएको थियो । त्यस पश्चात भएको यो नै अन्तर्राष्ट्रिय स्तरको मार्सल र ड्राइभर्स ट्रेनिङ हो ।
शिक्षक देखि खेलाडी सम्म, डाक्टर देखि जर्नालिस्ट सम्म, इन्जिनियर देखि श्रमिक सम्म पेशा व्यवसायमा रहेका युवा तथा इच्छुकहरु सो ड्राइभर्स ट्रेनिङमा सहभागी थिए । त्यसैगरी दशौ वर्ष देखिका मार्सल, मोटर क्षेत्रका अफिसियल, इन्जिनियर, ट्राभलर तथा पूर्व ड्राइभरहरु तथा राइडरहरु मार्सलिङ तालिममा सहभागी थिए ।
एउटा रमाइलो पक्ष भनेको दुवै कार्यक्रममा १८ देखि ६० वर्ष सम्मका तथा खेलाडी देखि संघका उच्च पदाधिकारीहरु समेत ड्राइभिङ र मार्सलिङमा रमाइरहेका थिए ।
यस अघिका कार्यक्रम भन्दा भव्य, सभ्य तथा निकै उत्साहित उक्त दुई दिने तालिमको प्रेरणाले तेश्रो दिन समेत कार्ट्स सम्बन्धी प्रशिक्षक, प्रशिक्षण कार्यक्रम हिमालयन मोटरल्यान्डमा आयोजना गरियो ।
Instructor (Domestic/Foreign)
• Vijitha Sabhanath Wijemanne , Sports Coordinator, FIA Asia Pacific Region
• Santosh Prasad Nyaupane, Secretary, Rally Cross & Auto Cross Working Group
• Dr. Buland Thapa, Senior Orthopedic Doctor and Deputy President, Nepal Automobiles’ Association
• Anil Kumar Baral, Nepali Motorsport Player and Vice President, Nepal Automobiles’ Association
• Yaduraj Lamichhane, Coordinator, Marshal & Training Commission
• Aashish Bharati, Nepali Motorsport Player and member, Athlete Commission
• Er. Mahesh Adhikari, Secretary, Nepal Automobiles Association
• Govinda Bhattarai, Member, FIA World Council & Executive Director, NASA Nepal