होण्डा NX-200 मा १० बर्षको वारेन्टी

दुईपाङ्ग्रे सवारीसाधनमा नेपालमा सर्वाधिक विक्री हुने होण्डाले आफ्नो नयाँ बाईक NX200 नेपाली बजारमा भित्र्याएको छ।

NX200 बाईकलाई सिटी राइडिंग र लामो दुरीको यात्रा दुबैका लागि उपयुक्त भनिएको छ ।

यसको ‘अप-राइट पोजिशन’ र टायरको ‘टफ ट्रेड प्याट्रन’ले आरामदायी यात्रा सुनिश्चित गर्दछ ।

NX200 मा उपलब्ध ‘वाइण्ड भाइजर’ र ‘एलईडी विङ्कर’ सहितको ‘नकल कभर’ले सुरक्षा फिचरलाई बढाउनुको साथै बाईकलाई झनै आकर्षक बनाएको छ ।

‘लिक्विड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्ने गरि चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु पनि NX200 को अरु थप उल्लेखनिय बिशेषता हुन् ।

NX200 मा रहेको ‘फ्रन्ट ए बी एस सिस्टम’ र ‘डूअल पेटल डिस्क ब्रेक’ले तपाईलाई दिनेछ, यात्रालाई चाहेको बेला रोक्न सक्ने क्षमता, जुन स्वतन्त्र र निस्फिक्री यात्राको लागि अत्यावस्यक हुन्छ ।

‘पीजीएम एफआई सिस्टम’ले इन्धनको वचत गर्दै एकोहोरो जिन्दगीबाट पर कतै उमङ्ग खोज्न निस्कने भरपुर शक्ति पनि तपाईंलाई अवस्य दिनेछ।

यसको शक्तिशाली टर्क क्षमताले तपाईंलाई सहरी सयर सहज र लामो अफ्टेरो यात्रा पनि रोमान्चक लाग्ने छ।

१० बर्ष सम्मको वारेन्टी प्याकेजमा हाललाई विभिन्न चार रङ्गहरुमा उपलब्ध NX200 को सुरुवाती विक्री मूल्य ४,७९,९०० मात्र तोकिएको छ।

कम्पनीले NX200 को औपचारिक बिक्री वितरण यहि चैत्र १५, २०८० बाट सुरु गरिसकेको छ।

होण्डाका सम्पूर्ण आधिकारिक विक्रेता या होण्डाको आधिकारिक वेब पेजमा गइ आजै NX200को खरिद या बुकिङ्ग पनि गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *