सूर्य विनायक – जगाती खण्डमा सवारी जाम

अरनिको राजमार्ग अन्तर्गत काठमाडौंदेखि धुलिखेलसम्म झण्डै २५ किलोमिटर लामो सडक खण्डमध्ये सबैभन्दा बढी सवारी जामको समस्या सूर्य विनायक – जगाती खण्डमा देखिएकाे छ।

एक किलोमिटरको छोटो सडकखण्डमा बिहानदेखि बेलुकीसम्मै दिनभरिजसो नै सवारीसाधन जाम हुने गरेको छ।

झण्डै एक महिनादेखि यो समस्याबाट यात्रु, स्थानीयवासी लगायतका सरोकारवालाहरू सास्ती खेप्न बाध्य छन्।

सङ्घीय राजधानीबाट बागमती प्रदेश अन्तर्गत मध्य पहाडीका बिपी र पुष्पलाल राजमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको यो सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश १ र २ का नागरिकसमेत काठमाडौँ आउजाउ गर्दछन्।

सूर्य विनायक धुलिखेल सडक विस्तारको काम भइरहेकोले जाम हुने गरेको हो।

सडक विस्तार अन्तर्गत यो छोटो दुरीमा अहिले दुई ठाउँमा कलभर्ट (पानीको निकास) बनाउने काम भइरहेको छ।

यही कारण मुख्य सडक पूरै विग्रेस ड्राइभर्सन (अर्काे वैकल्पिक सडक) बाट सवारीसाधन गुड्ने गर्दछ।

कच्ची, खाल्डाखुल्डीयुक्त कामचलाउ बाटोबाट सवारीसाधन गुड्नुपर्ने भएकोले त्यहाँ जहिल्यै जाम हुने गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *