जीहोको एई६ प्लस, आकर्षक डिजाइन र प्रविधिमा

सीएफमोटो र जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ल्याएको जीहोका विभिन्न मोडल मध्ये एई६ प्लस एक हो ।

एई६ प्लस जीहोको स्मार्ट अर्वन राइड प्रेरित आकर्षक डिजाइन र प्रविधिमा निर्मित उच्चतम प्रतिफल दिने इलेक्ट्रिक स्कुटर मात्र नभई आजको आवश्यकता र ग्राहकको अपेक्षाको पूर्ण विश्वास दिन सक्ने सफल स्कुटरको रुपमा स्थापित हुँदै गरेको कम्पनीले जानकारी दिएको छ ।

यसमा साइड माउन्टेड गियर ड्राइभ मोटर जडित छ, जसको पिक पावर ५.५ किलोवाट रहेको छ ।

यसमा सवार दुई यात्रीले मज्जाले जुनै पनि अप्ठ्यारो बाटोमा असहज महशुस नगरी यात्रा गर्न सक्ने कम्पनीको दावी रहेको छ ।

साथै यसमा जीहो राइड एप्स, क्रुज कन्ट्रोल, स्ट्यान्ड र सिट सेन्सर, आईपी ६७ प्रोटेक्सन, वेदर प्रोटेक्टेड सिट आदि बिशेषताहरुले सो स्कुटरलाई ग्राहक माझ लोकप्रिय बनाएको छ ।

यसमा १.८ किलोवाटको एम्पेस ब्रान्डको लिथियम आयोन ब्याट्री दिइएको छ, जसलाई मात्र ३.५ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

यसै गरी बढी रेन्ज, स्पिड र यूनिक राइडिङ महसुस गर्न चाहने ग्राहकहरुको निमित्त जीहोको अर्को मोडल एई८ मिड माउन्टेड मोटर रहेको छ ।

यसमा १२.५ किलोवाटको पिक पावर, १०० किलोमिटर प्रतिघण्टा भन्दा बढीको स्पिड, २.३ किलोवाटको २ वटा एम्पेस ब्रान्डको लिथियम आयोन ब्याट्री छ, जसलाई मात्र ४ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

रिभर्स गियर, क्रुज कन्ट्रोल, जीहो राइड एप्स, आईपी ६७ प्रोटेक्सन, विभिन्न सेन्सर जस्ता विशेषताहरु यसमा दिइएका छन् ।

सो स्कुटरमा रहेको ब्याट्रीलाई एक पटक फुल चार्ज गरी १६० किलोमिटर सम्मको यात्रा तय गर्न सकिने छ ।

यसमा १२.५ किलोवाटको पिकपावर भएको कारण यो स्कुटरको साथ जो कोहीले उकालो बाटो वा अप्ठेरो बाटोमा सहज रुपमा दुई जना बसी यात्रा सफल बनाउन सक्नेछन् ।

जीहोका दुवै मोडलहरुमा रहेका ब्याट्रीमा ३ वर्षको वारेन्टी, मोटरमा २ वर्षको वारेन्टी, कन्ट्रोलर तथा चार्जरमा १ वर्षको वारेन्टी र एई८ मोडलको बेल्टमा १० हजार किलोमिटर वा १ वर्षको वारेन्टी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *