सीएफमोटो र जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘बि स्मार्ट राइड स्मार्ट’ अफर, आज अर्थात चैत १५, २०८० देखि प्रारम्भ भएको छ र आगामी बैशाख ३१, २०८१ सम्म लागु रहने छ ।
उक्त अफर अन्तर्गत कम्पनीले आफ्नो जीहो ब्रान्ड रोज्ने र खरिद गर्ने ग्राहकहरुले अफर स्वरुप स्क्र्याच गरी रु ८,१०० देखि रु. ८१,०००।– सम्म छुट पाउन सक्नेछन् ।
यसका साथै ग्राहकले फ्रि थर्ड पार्टी इन्स्योरेन्स र फ्रि हेल्मेट पनि पाउन सक्नेछन् ।
कम्पनीले एक्सचेन्जमा आउने ग्राहकहरुको सन्दर्भमा भने सिधै १५ हजार रुपैयाँसम्म थप मूल्याकंन, फ्रि थर्ड पार्टी इन्स्योरेन्स र हेल्मेटको व्यवस्था गरेको छ ।
एक्सचेन्ज खरिदमा स्क्र्याच कार्डको अफर लागु नरहने जानकारी कम्पनीले दिएको छ ।
यसै अफर अन्तर्गत समस्त ग्राहकहरुले कम्पनीले राखेको बम्पर अफरमा भने सम्मान रुपमा सहभागिता जनाउन सक्ने छन् ।
जसमा १ जना भाग्यशाली विजेताले कम्पनीको तर्फबाट ४ रात, ५ दिनको थाइल्याण्ड भ्रमणको प्याकेज पाउन सक्नेछन् ।