टाटा मोटर्सले नेक्सन एएमटीको दायरलाई थप फराकिलो बनाएको छ ।
यस अघि टप स्पेक (क्रियटिभ र माथी) भेरिएन्टमा मात्र अटोमेटेड म्यानुअल ट्रान्समिसन(एएमटी) उपलब्ध रहँदै आएकोमा यसलाई बढाएर पाँचवटा भेरिएन्टमा बिस्तार गरिएको हो ।
नयाँ एएमटी भेरियन्टको मूल्य १० – १२.३० लाख भारु बीचमा निर्धारण गरिएको छ ।
टाटा नेक्सन पेट्रोल एएमटी अब स्मार्ट प्लस, प्योर र प्योर एस ट्रिमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
डिजेल एएमटी भने प्योर र प्योर एस भेरियन्टमा आउनेछ ।
नेक्सनमा १.२ लिटर टर्बो–पेट्रोल इन्जिन जडान गरिएको छ । जसको पावर ११८ बीएचपी र टर्क १७० एनएमको छ ।
यसको पेट्रोल भेरिएन्टमा ५–स्पीड म्यानुअल, ६–स्पिड म्यानुअल, ६–स्पीड एएमटी र ६–स्पीड डुअल–क्लच अटोमेटिक प्याडल सिफ्टर सहित कुल चारवटा ट्रान्समिसन बिकल्प दिइएको छ ।
साथै डिजेल भेरिएन्टमा १.५ लिटर इन्जिन उपलब्ध छ ।
जसको पावर ८३ बीएचपी र टर्क २६० एनएम छ । यो ६–स्पीड म्यानुअल र ६–स्पीड एएमटी बिकल्पमा उपलब्ध छ ।