याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ इलेक्ट्रिक स्कुटर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो स्कुटर लन्च गरेको छ । ।
घिसिङले नेपालमा इलेक्ट्रिक सवारी साधन प्रवद्र्धन गर्ने नीति अनुरुप नै आफूले सदैव यस्ता सवारी साधन भित्र्याउन आग्रह गरिरहेको बताए ।
आगामी दिनमा इलेक्ट्रिक सवारी साधनको प्रयोग अझै बढ्दै जाने उनको भनाइ थियो ।
याडिया जी६ मा ३ किलोवाटको मोटर र २.७३ किलोवाट आवरको ग्राफिन ब्याट्री छ ।
यसले सिंगल चार्जमा १५० किलोमिटर रेन्ज दिन्छ । यसलाई ६ देखि ७ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
फ्रन्ट तथा रियर डिस्क ब्रेक उपलब्ध सो इलेक्ट्रिक स्कुटरको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ ।
फराकिलो फ्लोर बोर्ड, अल एलईडी सेटअप, १२ इन्चको आल्मुनियम ह्विल, ३० लिटरको बुट स्पेस लगायतका विभिन्न विशेषता यसमा पाउन सकिन्छ ।
कम्पनीले ब्याट्री र मोटरमा २ वर्ष वा २० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी उपलब्ध गराउछ ।
याडिया जी६ को मूल्य २ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।