निर्माण व्यवसायीका कारण सडक अलपत्र

हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका आयोजना प्रमुख लिला भण्डारीले निर्माण व्यवसायीका कारण सडक अलपत्र परेको बताए ।

‘भुक्तानीको समस्याले काम रोकेको अवस्था होइन । निर्माण व्यवसायीले आफ्नै कमजोरीका कारण भुक्तानी लिन सकेका छैनन् ।

कार्यालय भुक्तानी दिन तयार छ,’ उनले भने ।

उनले पाँच किलोमिटर मात्रै कालोपत्रे गरेको बताउँदै ११ किलोमिटरको काम अझै बाँकी रहेको जानकारी दिए । ‘उसले अहिले पाँच हजार तीन सय मिटर जति कालोपत्रे गर्‍यो ।

उनको जम्मा १६ किलोमिटरमा ११ किलोमिटर कालोपत्रे अझै बाँकी छ ।

हामीले काम कन्टिन्यू गर भन्छौं,’ उनले भने, ‘तर योसँग काम लिन बहुत गाह्रो छ ।

अन्य निर्माण कम्पनीको काम गराउन समस्या भएको छैन ।

नेपालगन्जमै फटाफट काम भएको छ । गढवामै पुलको काम फटाफट भइरहेको छ ।’

उनले एक दुई ठाउँको पुल बन्दै गरेको अवस्था रहेकोले यो ठेक्काको काम सकिए गढवा कालाकाटे बाह्रै महिना आवतजावतमा रोकावट नहुने अवस्था रहेको बताउँछन् ।

यही अवस्थामा ठेक्का तोड्दा नयाँ ठेक्का लाग्ने सुनिश्चितता नहुने भएकाले स्थानीयलाई झन सास्ती हुने देखेर पनि यसैलाई काम गराउन लागिपरेको उल्लेख गर्दै उनले होली पछाडि काम सुरु गराउने बताउँछन् ।

‘यही अवस्थामा ठेक्का तोड्दा बित्तिकै झन गम्भीर स्थिति आउँछ ।

ठेक्का लाग्ने हो कि होइन स्थानीयले झन दुःख पाउने हुन् कि भन्ने पनि छ,’ उनले भने, ‘छिट्टै उसले फाइल क्लियर बनाएर ल्याउने भनेको छ ।

होलीपछाडि फेरि काम सुरु गराउने हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *