काठमाडौंदेखि पोखरा, जोमसोमसम्म मोटरसाइकल टुरिङ -याली हुने

ट्रान्स हिमालय एडभेन्चरको पहिलो संस्करण आगामी चैत १९ गतेदेखि सुरु हुने भएको छ ।

नेपाल अटोमोबाइल्स एसोसिएसनको मोटरसाइकल र टुरिङ कमिसनको संयुक्त आयोजनामा हुने कार्यक्रम चैतको १९ देखि २३ गतेसम्म सञ्चालन हुने भएको हो ।

नेपाललाई विश्वकै मोटर स्पोर्ट्सको गन्तव्य बनाउने अभियानमा सहयोग पुर्याउने उद्देश्यले आयोजना हुने कार्यक्रममा काठमाडौंदेखि पोखरा, जोमसोम, पोखरासम्म मोटरसाइकल टुरिङ -याली हुनेछ ।

कार्यक्रमको दौरान बन्दीपुर, पोखरा, घान्द्रुक, वाग्लुङ, तातोपानी, रुप्से झरना, लेते, कागबेनी, मार्फा, धुम्बाताल, जोमसोम, मुक्तिनाथ, लुम्ले र कुस्माको फोटोग्राफी, भिडियोग्राफी सहित सेफ्टी राइडिङ सम्वन्धी जनचेतनामूलक कार्यक्रम समेत हुनेछ ।

जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप हुने आयोजना नासा नेपालले जनाएको छ ।

राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसनको सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा हुने कार्यक्रम पोखरामा हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर समापन हुनेछ ।

कार्यक्रम संयोजक अनिलकुमार बरालले ट्रान्स हिमालय एडभेन्चरले नेपाली खेलकुद तथा पर्यटनमा छुट्टै पहिचान बनाउने बताए ।

राष्ट्रिय खेलकुद परिषद्ले नेपालको साहसिक तथा पर्वतीय खेलकुदमा लिएको चासो दिगो खेल पर्यटनको आधार बन्ने विश्वास देखिएको बरालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *