नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्ट (यूटीएस) ले १७औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको छ ।
यूटीएसले यसका लागि नेपालबाट ९ जना बालबालिका छनोट गरेको र उनीहरुको नाम र चित्र सार्वजनिक गरेको छ ।
उनीहरुलाई जापानमा हुने विश्वस्तरको प्रतिस्पर्धाका लागि पठाइने छ ।
युनाइटेड ट्रेडर्स सिन्डिकेन्टले ७ वर्ष सम्म, ८ देखि ११ वर्ष सम्म र १२ देखि १५ वर्षसम्मका बालबालिकालाई विभिन्न तीन वर्गमा विभाजन गरी त्यसबाट समान ३/३ जना प्रतिस्पर्धाका लागि छनोट गरेको बताइएको छ ।
भविष्यका इन्भेन्टर्स, थिंकर्स र ड्रिमर्स बालबालिकाहरूको प्रतिभालाई प्रस्फुटन गर्न यसले सहयोग पु-याउने टोयोटाले अपेक्षा गरेको बताएको छ ।
विश्वभर यस प्रकारको इभेन्ट भइरहेको र नेपालमा यूटीएसले सो इभेन्टको आयोजना गरेको हो । साना बालबालिकाहरुको पनि आफ्नो ड्रिम कार हुन्छ र त्यसको वारेमा राम्रो आर्ट तयार गर्ने प्रतियोगिता यसमा हुन्छ ।
१७औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा नेपालमा ८ सय बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
यसले साना बालबालिकाहरूको लागि भविष्यको कार कस्तो हुनुपर्छ भन्ने कन्सेप्ट तयार पार्न सहज हुने यूटीएसका प्रतिनिधि प्रशान्त खत्रीले बताए ।