सवारी जाम कम गर्न इन्टरसेक्सन

नयाँ बानेश्वर चोकमा हुने सवारी जाम कम गर्न बनाइएको इन्टरसेक्सन अन्तर्गत ‘होल्डिङ जोन’ निर्माण अन्तिम चरणमा पुगेको छ ।

होल्डिङ जोनको केही प्राविधिक काम बाँकी रहे पनि सञ्चालनमा भने आइसकेको छ ।

सडक विभागका अनुसार केही सामान्य कामबाहेक अन्य काम सम्पन्न भइसकेको छ ।

सडक विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार मेन लेनमा गुड्ने सवारीसाधनलाई डिस्टर्ब नहोस् भनेर इन्टरसेक्सन सुधार गरिएको हो ।

यसले पिक आवरमा देखिने जाम विशेष सुधार हुनेछ ।

माइतीघर–तिनकुने सडकखण्डमा चल्ने सवारीसाधन पुरानो बानेश्वर र शंखमूलतर्फ जाँदा जाम नहोस् भनेर राइट टर्निङ होल्डिङ जोन निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *