द्रुत बस सञ्चालन गरिनुपर्छ

परम्परागत बस सेवा व्यवस्थित नहुनाले सो यातायातको माध्यम सुरक्षित र भरपर्दो बन्न सकेको छैन।

व्यवस्थित बनाउन सुधारको खाँचो छ। संसारभर यातायात प्रणाली सुधारको अभ्यास गर्दा पहिलो प्राथमिकता सार्वजनिक यातायातलाई दिइने गरेको छ।

सर्वसाधारण बढी सार्वजनिक यातायात चढ्नु भनेको सडकमा सवारी संख्या कम हुनु र ट्राफिक व्यवस्थापन सहज बनाउनु हो।

सार्वजनिक सवारीमा सर्वसाधारणलाई आकर्षित गर्न सकियोस भनेर विभिन्न देशले नयाँ–नयाँ अभ्यास गर्छन् र त्यस्ता अभ्यास एकै भए पनि फरक नाम दिइन्छ।

नेपालले पनि असोजमा नयाँ अभ्यास सुरु ग¥यो, जसलाई द्रुत बस सेवा भनियो।

द्रुत बस चलाउनुको कारण सर्वसाधारणहरू सार्वजनिक बस चढेर पनि भनेको समयमा गन्तव्यमा पुग्न सकून् भन्ने सोच सरकारको देखिन्छ।

सार्वजनिक सवारीमा सर्वसाधारणको आकर्षण बढोस् भन्ने सरकारले चाहेको देखिन्छ। पछिल्लो समय द्रुत बस सेवा रोकिएको छ।

तर, यो सेवा अझै परिस्कृत भएर सञ्चालन गरिनुपर्छ। त्यसका केही कारण छन्ः

१. कुनै नयाँ कुरा कार्यान्वयन गर्दा सफल र असफलभन्दा पनि टिकाइ महत्वपूर्ण हुन्छ। हामीलाई सार्वजनिक यातायातमा सुधार चाहिएको छ।

२. द्रुत बस एउटा सुधारको प्रयास हो। १ महिनामै हामी असफल भयौं भन्ने हो भने कुनै पनि नयाँ काम नगर्दा हुन्छ।

३. सुधार गर्नुपर्ने कुरा जानकारी भयो भने विश्लेषण गरी सुधार गरौं। समस्याबाट भाग्ने होइन, सुधार गर्दै अगाडि बढ्नुपर्छ।

४. द्रुत बसका लागि एउटा डेडिकेटेड लेन छुट्याउँ।

त्यो लेनबाट एम्बुलेन्स र दमकलका लागि प्रयोग गरौं। प्रायोरिटी ट्राफिक लाइट व्यवस्थापन गरौं।

दिनको ४ घण्टामात्र होइन, सो लेनमा पूरा समय प्राथमिकतापूर्ण सवारी चलाऔं।

५. द्रुत बसमा कार्डबाट भाडा भुक्तानी गर्न पाउने व्यवस्था गरौं।

समय तालिका बनाएर बस बिसौनी राखौं र आवातजावतलाई सोहीअनुसार व्यवस्था गरौं।


(गजुरेल यातायात विज्ञ हुन्।) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *