Skip to content
बानेश्वर चोकको सुधार सकिएपछि जाइकाले नै लैनचौरमा पनि इन्टरसेक्सन सुधार गर्ने भएको छ ।
बानेश्वरमा देखिएको कमी–कमजोरीलाई सुधार गर्दै लैनचौरमा इन्टरसेक्सन सुधार हुने भएको हो ।
इन्टरसेक्सन सुधार चालू आर्थिक वर्षमै सुरु हुने विभागले जनाएको छ ।
इन्टरसेक्सन सुधारसँगै यी क्षेत्रमा देखिने जाम कम हुने विभागको दाबी छ ।
ट्राफिक प्रहरी भने बानेश्वरको जाम कमी हुने–नहुने अहिले नै भन्न नसक्ने बताउँछ ।
ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार दसैँपछि फुलफेजमा सवारी आवागमन नभइसकेकाले अहिले नै जाम घटाउने कुरा भन्न नसक्ने बताउँछन् ।